१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।

उहाँले सरकारले नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै सरकारले वागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय वागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्दबहादुर कार्कीलाई कायममुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।

नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने ।

राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्ति गर्ने । नेपाल प्रशासन सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने ।’

सरकारले नेपाल प्रशासन सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा केदारनाथ शर्मालाई बढुवा गरेको छ ।