• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी

आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ?



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को आज १६ औं वार्षिकोत्सव हो । यो लिग १८ अप्रिल २००८ मा सुरु भएको थियो । हरेक वर्ष यो लिगले विश्वमा नयाँ स्थान हासिल गरेको छ ।

सन् २००८ मा पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच भएको थियो । यो खेल एम चिन्नास्वामी स्टेडियममा भएको थियो ।

पहिलो खेलमा केकेआरका लागि ओपनिङ गर्न आएका ब्रेन्डन म्याकुलमले ७३ बलमा १५८ रनको अविजित इनिङ खेले । आईपीएलएको पहिलो छक्का र पहिलो चौका उनको आफ्नै ब्याटबाट आएको थियो । म्याकुलमले खेलको दोस्रो ओभरको चौथो बलमा पहिलो छक्का प्रहार गरेका थिए ।

यस्तै, सिजनको पहिलो चौका पनि यही ओभरमा प्रहार भएको थियो । योसँगै सिजनको पहिलो चौका र छक्का भारतीय बलर जहीर खानको बलमा लागेको थियो । यो खेलमा म्याकुलम ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

आरसीबीको लज्जास्पद हार

यो खेलमा केकेआरका कप्तानी सौरभ गांगुलीले गरेका थिए । त्यतिबेला राहुल द्रविड आरसीबीको कप्तान थिए । यस खेलमा केकेआरले तीन विकेट गुमाएर २२२ रन बनाएको थियो । यससँगै आरसीबीको टोलीले १५.१ ओभरमा ८२ रन मात्र बनाउन सकेको थियो । यो खेल केकेआरले १ सय ४० रनले जित्यो ।

राजस्थान रोयल्स च्याम्पियन


पहिलो सिजनको विजेताको कुरा गर्ने हो भने अष्ट्रेलियाका दिवंगत लेग स्पिनर शेन वार्नको नेतृत्वमा रहेको राजस्थान रोयल्सले फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै पहिलो उपाधि जित्न सफल रह्यो ।