• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ?

कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन



काठमाडौं । नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको ८१ बर्षको उमेरमा निधन भएको छ । शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

दुई महिना अघि मात्र पत्नी बियोगको पीडामा रहनु भएका शाक्यले हालै मात्र भारतको राजधानीमा दिल्लीमा उपचार गराएर फर्कनु भएको थियो ।

उहाँका परिबारका सदस्यहरु बिदेशमा रहका कारण उनिहरु आएपछि मात्र अन्तिम सस्कार गर्ने तयारी भै रहेको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

नेपाल सरकारको मुख्य सचिब, लोकसेवा आयोगका अध्यक्षको समेत जिम्मेवारी निर्बाह गरिसक्नु भएका शाक्य कुशल प्रशासकका छबि बनाउनु भएको थियो । शाक्यले रोटरी नेपालका डिस्ट्रिक्ट ३२९२ का पूर्व डिस्ट्रिक्ट गभर्नरको जिम्मेबारी समेत निर्बाह गर्नुभएको थियो ।