• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको मिति सर्यो, अब असार १६ देखि २० गतेसम्म काठमाडौंमा



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ ।

जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । बुधवार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताउनु भयो ।

असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताउनु भयो । उहाँले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले यही जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पन्न गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाहरुले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहर्याएअनुसार १० औं राष्ट्रिय महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौँ ।

जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशनलाई सारेका छौँ । आन्तरिक तयारी र व्यवस्थापनका काम बाँकी रहेकाले केही दिन सारेका हौँ, सुदूरपश्चिममा पार्टीको तर्फबाट त्यहाँका संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने ।’

बैठकले सुदूरपश्चिममा पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पनि बताउनु भयो । गठबन्धनमा देखिएका समस्याका बारेमा पनि छलफल भएको र आफ्नो पार्टीलmाई अवमूल्यन गर्ने गतिविधिबिरुद्ध तत्काल प्रतिवाद गर्ने निर्णय गरेको बताउनु भयो ।