६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार



अ+ अ-

काठमाडौँ । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशम्शेर जबराले रिसाललाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा रु ५० हजार राशिको ‘भरतकेशर सिंह विश्व हिन्दु अन्तर्राष्ट्रिय’ पुरस्कार महन्थ सुरेन्द्रनाथ अवधूतलाई प्रदान गरियो । कार्यक्रममा नीना भेटुवाल, सोभित उप्रेती र लक्ष्मण सापकोटालाई ‘विश्व हिन्दु सेवा रत्न’ सम्मान प्रदान गरियो ।

मुलुकको कला, धर्म, संस्कृति, भाषा, संस्कार, वेशभूषा तथा सनातन वैदिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने प्राडा माधवप्रसाद भट्टराई, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलगायत ११ जनालाई पनि समारोहमा सम्मान गरियो ।

रामनवमीका अवसरमा आयोजित उक्त कार्यक्रममा जैन, शिख, बौद्ध धर्म गुरुले स्वस्ति वाचन गर्नाका साथै मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको तस्बिरमा माल्यार्पण गर्नुभयो । विसं २०३० मा स्थापित महासङ्घले विश्वभर रहेका वैदिक सनातन धर्मावलम्बीलाई एकाकार गरी विश्वशान्ति र सहअस्तित्व कायम गर्ने साझा संस्थाका रुपमा काम गर्दै आएको कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिनुभयो ।

त्यसअ वसरमा महासङ्घद्वारा प्रकाशित ‘धम’ नामक स्मारिकको विमोचन गरियो । रासस