• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक – भिडियोसहित



काठमाडौँ । चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ ।

उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गरेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् ।

यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।