• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली

टी–२० वरियतामा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिँदै ११ औं स्थानमा आइपुगे



काठमाडौँ । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा छलाङ मारेका छन् । उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । यसअघि २५ औँ स्थानमा रहेका उनले एकैपटक १४ स्थानमाथि आइपुगेका हुन् ।

दिपेन्द्रले ओमानमा जारी एसिसी प्रीमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । यस्तै टी–२० ब्याट्सम्यानको वरियतातर्फ दीपेन्द्र ६२ औँ स्थानमा छन् । उनी १६ स्थान माथि उक्लिएका हुन् ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।