• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

नि:शुल्क आँखा शिविरबाट एक हजार लाभान्वित



गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने नि:शुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् ।

गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुन:स्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताउनुुभयो । शिविरमा नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई नि:शुल्क चश्मा वितरण गरिएको थियो । रासस