• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदमा कांग्रेसको नाराबाजि कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती ★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई

गजलकार प्रकट पङ्गेनीको आज अन्त्येष्टि गरिँदै



कास्की । हिजो पोखरामा निधन भएका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को आज अन्त्यष्टि गरिँदै छ । उहाँको ७० वर्षको उमेरमा हिजो निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कास्कीको रुपा गाउँपालिका–५ स्थायी निवासी उहाँ जण्डिस र निमोनियाको बिरामी हुनुहुन्थ्यो । स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् ।

यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् । उहाँका श्रीमति, एक छोरा र एक छोरी छन् ।

अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि सांस्कृतिक परिवारको अग्रसरतामा सहयोग रकम सङ्कलन अभियान सुरु भएको थियो । परिवारले रु २५ हजार राखेर सुरु गरेको सो अभियानमा पोखरा महानगरपालिकाले रु एक लाख सहयोग गर्ने घोषणा गरेको थियो ।