• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

डर्टमण्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो



काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–२ गोलले हराउँदै समग्रमा ६–४ को नतिजासहित डर्टमण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन युलियन ब्रान्डट, इयन मास्टेन, निकलास फुल्कवर्ग र मार्सेल साविट्जरले एक–एक गोल गरे ।

एट्लेटिकोका एंगेल कोरियाले एक गोल फर्काए पनि टोलीलाई सेमिफाइनलको यात्रा तय गराउन सकेनन् । एक गोल भने डर्टमण्डका म्याट हमेल्सले आत्मघाती गोेल गरेका थिए ।

अब सेमिफाइनलमा डर्टमण्डले पिएसजीको सामना गर्नेछ । सेमिफाइनल खेल ३० अप्रिलमा हुनेछ ।