• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई २ विकेटले हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइटलाई २ विकेटले पराजित गरेको छ ।

जोस बटलरको शतकको मद्दतमा टोलीले २० ओभरमा २२४ रनको लक्ष्य पछ्यायो, जुन आईपीएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो ।

यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।

इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए ।

राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनायो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए । यस्तै, रियान परागले १४ बलमा ३४, रोभमान पोवेलले १३ बलमा २६ तथा यशस्वी जैसवालले ९ बलमा १९ रन जोडे ।

बलिङतर्फ कोलकाताका हर्षित राणा, सुनील नारायण र वरुण चक्रवर्तीले २–२ विकेट लिए भने वैभव अरोडाले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन जोड्यो । सुनील नारायणले आईपीएल करिअरमा पहिलो शतक बनाए । उनले ५६ बलमा १३ चौका र ६ छक्काको मद्धतमा १०९ रन जोडे । यस्तै, अंगक्रिश रघुवंशीले ३०, रिंकु सिंहले २०, आन्द्रे रसेलले १३, श्रेयस ऐयरले ११ रन जोडे ।

बलिङतर्फ राजस्थानका आभेस खान र कुलदीप सेनले २–२ तथा ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए । जितसँगै राजस्थान ७ खेलमा ६ जितसहित १२ अंक जोड्दै शीर्षस्थानमा यथावत छ । कोलकाता ६ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।