• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना



Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपाल एक खेल अगावै समूह विजेता भएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएसँगै नेपाल समूह ए बाट विजेता बनेको हो । अब नेपालले समुहचरण खेलअन्तर्गत बुधबार साउदी अरेबियासँग खेल्दैछ ।

समूह ए मा नेपालबाहेक अन्य कुनैपनि टोलीले ६ अंक जोड्न सक्ने छैनन् । ४ खेल खेलको कतारको ४ अंक, ३ खेल खेलेको साउदी अरेबियाको २ अंक, ३ खेल खेलेको मलेसियाको र हङकङको २/२ अंक छ ।

नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बीमा सोमबार ओमानले युएईलाई नौ विकेटले हराएको थियो । उक्त नजिताले ओमान समूह बी को विजेता र युएई उपविजेताको बन्ने सम्भावना बलियो रहेको छ ।

समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित समान ४ अंकका साथ कुवेत दोस्रो र युएई तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

बुधबार ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्नेछन् । ओमान र युएई दुबै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले, समुह ए को विजेता नेपाल र समुह बी को उपविजेता युएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछन् । शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया खेल्न पाउनेछन् ।