२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव



अ+ अ-

काठमाडौंं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बिश्वका बिभिन्न मुलुकमा छरिएर रहेका नेपाली मुलक नागरिकलाई कुनै न कुनै रुपमा नेपालसंग नेपालसंग जोड्नु पर्ने बताउनु भएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का प्रतिनिधिमण्डलसँग उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उहाँले यस्तो बताउनु भएको हो । भेटमा उपराष्ट्रपति यादवले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्न मान्यतालाई स्थापित गर्नुपर्ने बताउनु भयो ।

उहाँले एएनओले अन्य संस्थाहरु सहकार्यगरी भाषा सस्कार र सभ्यता मार्फत नेपालीमाषीहरु लाई जोड्नु पर्ने बताउन भयो । विश्वका २७ देशमा बसोबास गरिरहेका नेपालीभाषीहरुको थाइल्याण्डको बैंककमा गत चैत ६ मा सम्पन्न भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो ।

त्यस भेटका अवसरमा एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले यस अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतका रुपमा संसारभर पुर्‍याउने र यसमार्फत भावी पुस्तालाई नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्ने जानकारी दिनुभयो ।

यसका साथै प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाउन पनि प्रेरित जानकारी दिनुभयो । भेटमा अध्यक्ष अधिकारीसहित उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराई र संस्थापक सदस्यहरु बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङसहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।