• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३३ हजार ७९७ पुग्यो



काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ७९७ पुगेको छ ।

इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ९४ जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३३ हजार ७९७ र घाइतेको सङ्ख्या ७६ हजार ४६५ पुगेको छ ।

इजरायली नौसैनिक डुङ्गाहरूले सोमवार उत्तरी गाजापट्टीमा आफ्नो घर फर्कन खोजिरहेका दर्जनौं बिस्थापित प्यालेस्टाइनीहरूलाई गोली हानेका बताइएको छ । जसमा कम्तीमा पाँच जना घाइते भएका प्यालेस्टाइन सरकारले बताएको छ ।