५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए



अ+ अ-

फिक्कल । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए ।

इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् । सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० वडाबाहेक) र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।

चुलाचुलीमा १८ हजार पाँच सय ४५, माङसेबुङमा १२ हजार पाँच सय ३६, फाकफोकथुममा १६ हजार तीन सय दुई, देउमाईमा २६ हजार तीन सय ६५, इलाममा ९१० वडा बाहेक० ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । रासस