११ पुष २०८१, बिहीबार
,
Latest
विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? वडाध्यक्ष महतोको निधन दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनियाँ विमान आउँदै कोप-२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशी डाइभर्सन प्रभावितहरु आन्दोलनमा



अ+ अ-

काठमाडौं । सुनकोशी मरिन डाइभर्सन आयोजना स्थलका स्थानीय माझी बस्ती आन्दोलित भएका छन् । सरकारले महत्वपूर्ण आयोजना भन्दै अगाडि बढाएको सुनकोशी मरिन डाइभर्सन आयोजनाले स्थानीय प्रभावित जनतासँग जग्गा अधिग्रहण मुआब्जा जस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझीहरु आन्दोलित भएका हुन् । 

रामेछाप सिन्धुलीका प्रभावित क्षेत्रका जनताहरुले हक रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांंस्कृतिक पक्षलाई बेवास्ता गर्दै निर्माण कार्य अगाडि बढाएको भन्दै स्थानीयहरु लामो समयदेखि आन्दोलित भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराउन आएका आदिवासी माझीहरुले सरकारले स्थानीयको मागलाई बेवास्ता गरेर आयोजना अगाडि बढाउन नसक्ने बताएका छन् ।

सरकारले प्रभावित क्षेत्रका माझी समुदायसँग समुदायको स्वतन्त्र अग्रिम र सूचित मन्जुरी लिएर मात्र काम अगाडि बढाउन पनि माग गरेका छन् । आयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी १६९ अनुसार आदिवासी जनजाती हित सम्बद्ध अन्तराष्ट्रिय सम्झौता पालना गर्न पनि माग गरेका छन् ।