५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलामी आएका व्यक्तिको चिर्पट प्रहारबाट शव जलाउने कामदारको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

आज दिउँसोे ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकामा प्रहार गर्दा घाइते भएका तामाङको उपचारका क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी फरार अनिल तामाङको खोजी गरिरहेको बताइएको छ । रासस