६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरण: जीबी राईसहित २४ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी



अ+ अ-

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

शुक्रबार सहकारी घोटालाबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले जानकारी दिए ।

प्रहरीले गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ । साथ,ै १ अर्ब २ करोड मागदाबी लिनुपर्ने प्रतिवेदन बुझाइएको एसपी राठौरले बताए ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । यी बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोपमा १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको निष्कर्ष छ ।