• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती ★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन

नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजान्छौ: गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने बताउनु भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्दे गृहमन्त्री लामिछानेले यस्तो बताउनु भएको हो ।

उहाँले सडकसँग सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच सार्थक सहकार्य आवश्यक रहेको बताउनु भयो ।उहाँले ऐन, कानुन सुधारमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्ता व्यक्त गर्दे नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सडक सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले रोड टेष्ट बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने बताउनु भयो । गृहमन्त्री लामिछानेले यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रहगर्दे त्यसलाई कार्यान्वयनमा लैजाने आश्वसन दिनुभयो ।

उहाँले ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनु पर्ने बताउदै हाल तिराउने गरिएको जरिवाना रकममा बृद्धि गरिने बताउनु भयो ।

ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिइने जनाउदै उहाँले चालकसँग १/२ सय लिएर संगठनकै वेइजत नगर्न आग्रह गर्दे सरकारले वृति-विकासमा ध्यान दिने बताउनु भयो ।

काठमाडौंको न्युरोड गेटबाट सुरु भएको र्‍यालीमा सहभागी भई मन्त्री लामिछानेले अभियानको सुरुवात गर्नु भएको हो।

सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले बताउनु भयो ।