६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल गिरीको नयाँ गीत ‘कालीगड’ सार्वजनिक



अ+ अ-

काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायस् आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् ।

यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो।

‘‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’’ गीतमा युवा–युवतीले एकअर्काको रूपको खुलेर प्रसंशा गरेका छन्। यसको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ।

यो रोमान्टिक गीत कर्णप्रिय पनि छ । लुम्विनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई झनै आकर्षक बनाइएको छ । मेकिङका हिसाबले भिडियो स्तरीय लाग्छ। फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायक गिरीले यसपटक रोमान्टिक गीत नयाँ वर्षको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन्।

भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो । गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।