• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

नयाँ वर्षको दिन देशभर कहाँ के भयो ? (फोटो फिचर)



काठमाडौं । नेपालीहरुले नयाँ वर्ष २०८१ सालको पहिलो दिन शुभकामना साटासाट गरी मनाए । आफन्त भेटघाट गर्ने अवसर पनि नयाँ वर्षको पहिलो दिने मिल्यो ।

मानिसहरु फुर्सदमा घुम्ने र मेला महोत्सवमा सहभागी भए । देशभरका धार्मिक स्थलहरु पनि पहिलो दिन भरिभराउ भए ।

उत्साह, उमंग र खुसीसाथ भित्रिएको नयाँ वर्षमा देशभर कहाँ के भएको थियो त ? (तस्बिरहरू : रासस)

भारतको उत्तर प्रदेश बलरामपुर जिल्लाको तुलसीपुर बजारबाट शनिबार बिहान नयाँ वर्ष वि.सं २०८१ सालको पहिलो दिन देखिएको सूर्योदयको दृश्य ।
काठमाडौँको टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । यहाँ नयाँ वर्षको पहिलो दिन मेला लाग्ने गर्छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका (७ स्थित तसमैया बाबा उद्यानमा फुलेको फूलसँगै नयाँ वर्ष २०८१ सालको पहिलो दिन शनिबार बिहान उद्यानबाट देखिएको सूर्योदयको दृश्य ।
नयाँ वर्ष २०८१ सालको पहिलो दिन वीरगन्जको गहवा माई मन्दिरको दर्शन गर्न लामवद्ध भक्तजन ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ स्थित चण्डेश्वरी मन्दिरमा नयाँ वर्ष २०८१ को अवसरमा पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजन ।
अन्नपूर्ण पदमार्ग अन्तर्गत चामे गाउँपालिका १ तिमाङबाट मनाङतर्फ जाँदै गरेका विदेशी पर्यटक । यहाँ आउने पर्यटक विशेष गरि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल हुँदै पाँच हजार चार सय १६ मिटरमा रहेको थोराङ्ला पास जाने गर्दछन् ।
पवित्र तीर्थस्थल देवघाटधाममा शनिबार स्नान गर्न आएका भक्तजनको घुइँचो । नयाँ वर्षको दिन आज देवघाटको वेणीमा स्नान गरि पुजापाठ गरि दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेको छ ।
नयाँ वर्षको पहिलो दिन शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न आएका भक्तजन ।
नव वर्षको पहिलो दिन शनिबार बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजन ।
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी बाराही मन्दिरमा पूजा गर्न लामवद्व भएको भक्तजन ।
धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । यहाँ पूजा तथा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
नयाँ वर्षको पहिलो दिन आज गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आएका आन्तरिक पर्यटक ।
मोरङको सुन्दरहरैँचा नगरपालिका चन्द्रनगरस्थित पाथिभरा मन्दिरमा नयाँ वर्ष २०८१ का अवसरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन ।वर्ष मध्यपुर थिमिमा वैशाख १ गते मनाइने बायलिसिया जात्रा ९अपरान्ह कने जात्रा० अन्तर्गत श्री प्रथम गणेशको जात्रा गर्दै जात्रालु ।
गोरखाको धार्चे गाउँपालिका–७ लापुबेशीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरनामा तस्बिर खिचाउँदै विदेशी पर्यटक ।
वर्ष मध्यपुर थिमिमा वैशाख १ गते मनाइने बायलिसिया जात्रा (अपरान्ह कने जात्रा) अन्तर्गत श्री प्रथम गणेशकाे जात्रा गर्दै जात्रालु ।