• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा

मध्यपूर्वका देशहरूमा ठूलो युद्धको सम्भावना



तस्बिर : बीबीसी

काठमाडौं । इरानले इजरायलमाथि आक्रमण थालेको छ । इजरायलले जवाफ दिने चेतावनी दिएको छ ।

इलरायलको स्थानीय समयअनुसार राति पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएको र ठूलो विस्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ ।

इरानले इजलायलमाथि लगातार ड्रोन आक्रमण गरेपछि विस्फोट भएको हो । इरानले प्रहार गरेका ड्रोन इजरायलको प्रतिरक्षा प्रणालीले नष्ट गरेको हो केही ड्रोन भने अमेरिकी सेनाले रोकि दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यही अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसस्थित इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि आक्रोसित इरानले इजरायलमाथी आक्रमण थालेको हो ।

इजरायल–हमास युद्धका बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभए पनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफुहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताएका छन् ।

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।