९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

कोटेश्वरका व्यवसायीहरुको भनाई ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’

कोटेश्वरका व्यवसायीहरुको भनाई ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’
अ अ+ अ-

काठमाण्डौ । कोटेश्वरका व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले कोरोना महामारीदेखि पछिल्लो समयमा भएको आर्थिक मन्दीका कारण व्यवसायी धेरै मर्कामा परेको गुनासो गरेका छन् ।

संघले २०८० सालको विदाई तथा नयाँवर्ष २०८१ को अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीहरुले सो गुनासो गरेका हुन् ।

चर्काे ब्याजदरमा बैंक र सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको आर्थिक मन्दीका कारण व्यापार नहुँदा साँवा र ब्याज तिर्न हम्मेहम्मे भएको उनीहरुले गुनासो गरे । त्यसमाथि व्यापार नभएको बेलामा पनि घरबेटीहरुले घरभाडा बढाईदिँदा व्यवसायीहरु दोहोरो मारमा परेको पनि उनीहरुको गुनासो थियो ।

पसल कवलको भाडा बढाएर कोठा खाली गर्नुभन्दा व्यवसाय पनि चलोस् र घरभाडा पनि समयमै उठोस् भनेर घरधनीहरु कानूनी भन्दा पनि व्यवहारिक हुनुपर्ने व्यवसायीहरुले माग गरेका थिए । ‘घरभाडा बढाएपछि बसिराखेको पसल उठेर जाँदा, नयाँ आउने व्यवसायीले आर्थिक मन्दीको समयमा समयमै तोकेजति भाडा तिर्छन भन्ने कुनै ग्यारेन्टी छैन’—व्यवसायीको भनाई थियो ।

‘कोटेश्वरमा गुणस्तरीय सामान सुलभ मुल्यमा पाइन्छ’ भन्ने बनाउन संघ कटिवद्ध रहेको उल्लेख गर्दै संघमा आवद्ध व्यवसायीहरुले पुर्वी नाकाको प्रवेशद्वारको रुपमा रहेको कोटेश्वरमा किनमेल गर्न आउने ग्राहकका लागि सवारी साधन पार्किङ्गको व्यवस्थाको साथै सार्वजनिक शौचालयको लागि स्थानीय सरकारसंग माग पनि गरेका थिए ।

संघका पुर्व अध्यक्ष सरोज थापाले सरकारको कर नीति अव्यवहारिक रहेको, आन्तरिक राजस्व कार्यालयको अनुगमन कार्य व्यवसायीलाई सहयोग गर्नेभन्दा पनि आतंिकत गर्ने खालको भएको उल्लेख गर्दै करको दर होइन,दायरा बढाउन सरकारलाई सुझाव दिए ।
संघका अध्यक्ष गोरख बहादुर थापाले आर्थिक मन्दीका कारण व्यापार नहुँदा शहरका अन्य व्यस्त ठाउँमा झैं कोटेश्वरमा पनि शटरहरु दिन प्रतिदिन खाली हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

सरस्वती युवा क्लवका उपाध्यक्ष उत्तम भण्डारीले कोटेश्वर व्यवसायी संघ, कोटेश्वरको स्थापित र सकृय संस्था भएको उल्लेख गर्दै पुर्वका विभिन्न जिल्लाबाट काठमाण्डौ प्रवेश गर्ने नाका कोटेश्वरको छुट्टै पहिचान बनाउन संघले आर्थिक कृयाकलाप आयोजना गर्नुपर्ने कुरामा जोड दिए ।

काठमाण्डौ महानगरपालिका वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीले कोटेश्वर व्यवसायी संघले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेण्डर विमोचन गर्दै वडाले स्वावलम्वी बनाउनका लागि विभिन्न तालीम दिएका वडावासी महिलाले उत्पादन गरेका घरेलु उत्पादनहरुको विक्रीको लागि व्यवसायी संघले सहयोग गर्नुपर्ने बताए ।

वडामा सार्वजनिक जग्गाको अभावका कारण सार्वजनिक शौचालय र सवारी पार्किङ्गस्थल बनाउन कठिन भईरहेको पनि बताए ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बढ्दो आर्थिक मन्दीका कारण व्यवसायीहरु मात्रै नभई घरबेटीहरु पनि मर्कामा परेको उल्लेख गर्दै दुवै पक्ष बाँच्न पाउनुपर्ने बताए ।

सरकारले व्यवसाय गरेर स्वदेशमै केही गरौं भन्ने व्यवसायीहरुलाई चर्काे ब्याज लगाउनाले व्यवसायीहरु ठुलो मर्कामा परेको बताए ।
त्यस अवसरमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक विनोद सुवेदीले समग्र कोटेश्वरको शान्ति सुरक्षाको बारेमा जानकारी गराए भने करदाता सेवा कार्यालय कोटेश्वरका प्रमुख गणेश प्रसाद अर्यालले कुनै पनि व्यवसाय बाणिज्य विभाग, सम्वन्धित वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयमा सूचिकृत हुनुपर्ने प्रष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय मोवाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, नेकपा एमाले ३२ वडा कमिटीका सचिव राजेन्द्र न्यौपाने, नेकपा माओवादी वडा कमिटीका अध्यक्ष रामसुन्दर श्रेष्ठ, वडा सदस्य भगवान बुढाथोकी तथा संघका महासचिव अर्जुन बस्नेत लगायतले बोलेका थिए ।