• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

कोटेश्वरका व्यवसायीहरुको भनाई ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’



काठमाण्डौ । कोटेश्वरका व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले कोरोना महामारीदेखि पछिल्लो समयमा भएको आर्थिक मन्दीका कारण व्यवसायी धेरै मर्कामा परेको गुनासो गरेका छन् ।

संघले २०८० सालको विदाई तथा नयाँवर्ष २०८१ को अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीहरुले सो गुनासो गरेका हुन् ।

चर्काे ब्याजदरमा बैंक र सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको आर्थिक मन्दीका कारण व्यापार नहुँदा साँवा र ब्याज तिर्न हम्मेहम्मे भएको उनीहरुले गुनासो गरे । त्यसमाथि व्यापार नभएको बेलामा पनि घरबेटीहरुले घरभाडा बढाईदिँदा व्यवसायीहरु दोहोरो मारमा परेको पनि उनीहरुको गुनासो थियो ।

पसल कवलको भाडा बढाएर कोठा खाली गर्नुभन्दा व्यवसाय पनि चलोस् र घरभाडा पनि समयमै उठोस् भनेर घरधनीहरु कानूनी भन्दा पनि व्यवहारिक हुनुपर्ने व्यवसायीहरुले माग गरेका थिए । ‘घरभाडा बढाएपछि बसिराखेको पसल उठेर जाँदा, नयाँ आउने व्यवसायीले आर्थिक मन्दीको समयमा समयमै तोकेजति भाडा तिर्छन भन्ने कुनै ग्यारेन्टी छैन’—व्यवसायीको भनाई थियो ।

‘कोटेश्वरमा गुणस्तरीय सामान सुलभ मुल्यमा पाइन्छ’ भन्ने बनाउन संघ कटिवद्ध रहेको उल्लेख गर्दै संघमा आवद्ध व्यवसायीहरुले पुर्वी नाकाको प्रवेशद्वारको रुपमा रहेको कोटेश्वरमा किनमेल गर्न आउने ग्राहकका लागि सवारी साधन पार्किङ्गको व्यवस्थाको साथै सार्वजनिक शौचालयको लागि स्थानीय सरकारसंग माग पनि गरेका थिए ।

संघका पुर्व अध्यक्ष सरोज थापाले सरकारको कर नीति अव्यवहारिक रहेको, आन्तरिक राजस्व कार्यालयको अनुगमन कार्य व्यवसायीलाई सहयोग गर्नेभन्दा पनि आतंिकत गर्ने खालको भएको उल्लेख गर्दै करको दर होइन,दायरा बढाउन सरकारलाई सुझाव दिए ।
संघका अध्यक्ष गोरख बहादुर थापाले आर्थिक मन्दीका कारण व्यापार नहुँदा शहरका अन्य व्यस्त ठाउँमा झैं कोटेश्वरमा पनि शटरहरु दिन प्रतिदिन खाली हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

सरस्वती युवा क्लवका उपाध्यक्ष उत्तम भण्डारीले कोटेश्वर व्यवसायी संघ, कोटेश्वरको स्थापित र सकृय संस्था भएको उल्लेख गर्दै पुर्वका विभिन्न जिल्लाबाट काठमाण्डौ प्रवेश गर्ने नाका कोटेश्वरको छुट्टै पहिचान बनाउन संघले आर्थिक कृयाकलाप आयोजना गर्नुपर्ने कुरामा जोड दिए ।

काठमाण्डौ महानगरपालिका वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीले कोटेश्वर व्यवसायी संघले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेण्डर विमोचन गर्दै वडाले स्वावलम्वी बनाउनका लागि विभिन्न तालीम दिएका वडावासी महिलाले उत्पादन गरेका घरेलु उत्पादनहरुको विक्रीको लागि व्यवसायी संघले सहयोग गर्नुपर्ने बताए ।

वडामा सार्वजनिक जग्गाको अभावका कारण सार्वजनिक शौचालय र सवारी पार्किङ्गस्थल बनाउन कठिन भईरहेको पनि बताए ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बढ्दो आर्थिक मन्दीका कारण व्यवसायीहरु मात्रै नभई घरबेटीहरु पनि मर्कामा परेको उल्लेख गर्दै दुवै पक्ष बाँच्न पाउनुपर्ने बताए ।

सरकारले व्यवसाय गरेर स्वदेशमै केही गरौं भन्ने व्यवसायीहरुलाई चर्काे ब्याज लगाउनाले व्यवसायीहरु ठुलो मर्कामा परेको बताए ।
त्यस अवसरमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक विनोद सुवेदीले समग्र कोटेश्वरको शान्ति सुरक्षाको बारेमा जानकारी गराए भने करदाता सेवा कार्यालय कोटेश्वरका प्रमुख गणेश प्रसाद अर्यालले कुनै पनि व्यवसाय बाणिज्य विभाग, सम्वन्धित वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयमा सूचिकृत हुनुपर्ने प्रष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय मोवाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, नेकपा एमाले ३२ वडा कमिटीका सचिव राजेन्द्र न्यौपाने, नेकपा माओवादी वडा कमिटीका अध्यक्ष रामसुन्दर श्रेष्ठ, वडा सदस्य भगवान बुढाथोकी तथा संघका महासचिव अर्जुन बस्नेत लगायतले बोलेका थिए ।