२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक, शैक्षिक तथा सांस्कृतिक र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताउनुभएको थियो । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले जलविद्युत्, पर्यटन, पूर्वाधार, विज्ञान प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

राजदूत हाशमीले नेपाल र पाकिस्तानबीचको सम्बद्ध प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाईमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल र पाकिस्तानबीच अबरुद्ध हवाई सेवा पुन: सञ्चालनको आवश्यकता औल्याउनुभयो । रासस