२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिडिटीको समस्यालाई ठिक गर्ने यस्तो छ काँचो प्याज खादाँको अनेक फाइदा, जान्नुहोस्



अ+ अ-

काठमाडौं । प्याजलाई काचो, पकाएर वा सलादको रुपमा खान सकिन्छ। तरकारीमा प्याजको प्रयोग गर्दा यसले खानाको स्वाद बढाउँछ । प्याजमा सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरु हुन्छ ।

यसलाई प्याजलाई खानासँग टोकेर वा सलादका रुपमा खाए यसले स्वास्थ्यका लागि निकै फाइदा पुर्याउँछ । अझ कतिपय मानिस प्याजलाई काटेर चाट, चना वा अचारमा समेत प्रयोग गर्दछन् । समग्रमा जसरी खाए पनि काँचो प्याज खानु स्वास्थ्यका लागि निकै फाइदा जनक छ ।

यी हुन् काचो प्याज खादा हुने फाइदाः प्याजमा रहेको रेशादार तत्व पेटको बिरामीलाई अत्यन्त फाइदा पुर्याउँछ । नियमित एक टुक्रा काँचो प्याज खाए कब्जियत र एसिडिटीको समस्या हराएर जान्छ । काचो प्याजको सेवनले पाचन प्रक्रिया राम्रो बनाउँछ ।

काँचो प्याजको सेवनले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ । नियमित दुई चम्मच प्याजको रस पिएमा किड्नीको पत्थरी हटाउँछ । काँचो प्याज खाए शरीरमा ईन्सुलिन बन्दछ । रुखाखोकी, कफ तथा सा’मान्य ज्वरोलाई नियन्त्रण गर्न प्याजको रश उपयुक्त हुन्छ ।

यो पनि पढ्नुहोस्ः

जाडो मौसममा यी मसला खानु एकदमै लाभदायक हुन्छ । मौसममा परिवर्तन आउँदा र शरीर चिसो हुँदा समस्या उत्पन्न हुन्छ । चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ । भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ । यी मसलाहरूको बारेमा थप जानौं । यी मसलाहरुको प्रयोगले रुघा खोकीबाट बच्न सकिन्छ ।

मरिचःखानाको स्वाद बढाउनुका साथै मरिचले अनेकौं रोग पनि भगाउँछ । जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ । महमा मिसाएर खाँदा स्मरणशक्ति तीखो हुन्छ ।

जाइफलः औषधीय गुणहरूले भरपूर जाइफलले खाना पचाउँछ, भोक नालग्ने समस्या हटाउँछ, पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ । यसलाई घोटेर तातो पानीसँग पिउँदा छेरपटी, रुघा र खोकी निको हुन्छ ।

सुकेको अदुवाः खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ।

तेजपातः तेजपातको सेवनले खोकी, कफ, ज्वरो, रुघा, पिसाब रोग, आन्द्रा सुन्नेको, टाउको दुखेको र रक्ताल्पता जस्ता रोग निको हुन्छ । तेजपात र सुकेको अदुवा काँढा बनाएर खाँदा रुघा र खोकी ठीक हुन्छ । एजेन्सीको सहयोगमा