२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी र वर्षाले फलफुलमा क्षति



ढकमक्क फुलेको आँप
अ+ अ-

उदयपुर । गएराति हावाहुरीसहित आएको वर्षाको कारण भर्खर फल लाग्दै गरेको लिची र आँपमा क्षति पुगेको छ । गएराति साँझदेखि रातको १२ बजेसम्म वर्षासँगै आएको हावाहुरीको कारण भर्खर फल लाग्दै गरेको किसानको आँप र लिचीमा सामान्य क्षति भएको किसनले बताएका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, मोथ्याई, चौदण्डी गढी नगरपालिकाको हाँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको पुरनदह, भागलपुरसहित आम्बासी क्षेत्रका आँप तथा लिचीमा सामान्य क्षति भएको किसानको भनाइ छ ।

त्रियुवा–१ जोगिदहका किसान देबलाल चौधरीका अनुसार गएराति ८ बजेदेखि ११ बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण आफ्नो बगँैचाको लिची र आँपका साना फल झरेको छ । “अचानक आएको हावाहुरीका कारण आँप र लिचीका फलमा झण्डै १० प्रतिशत जति क्षति भएको छ”, उहाँले भन्नुभयो ।

बेलका नगरपालिकाको भागलपुर र आम्बासी क्षेत्रमा समेत हावाहुरीको कारण फलफुलमा सामान्य क्षति भएको आम्बासीका किसान नरेन्द्र खड्काले बताउनुभयो ।