१२ असार २०८३, शुक्रबार
,
Latest
ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी र वर्षाले फलफुलमा क्षति



ढकमक्क फुलेको आँप
अ+ अ-

उदयपुर । गएराति हावाहुरीसहित आएको वर्षाको कारण भर्खर फल लाग्दै गरेको लिची र आँपमा क्षति पुगेको छ । गएराति साँझदेखि रातको १२ बजेसम्म वर्षासँगै आएको हावाहुरीको कारण भर्खर फल लाग्दै गरेको किसानको आँप र लिचीमा सामान्य क्षति भएको किसनले बताएका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, मोथ्याई, चौदण्डी गढी नगरपालिकाको हाँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको पुरनदह, भागलपुरसहित आम्बासी क्षेत्रका आँप तथा लिचीमा सामान्य क्षति भएको किसानको भनाइ छ ।

त्रियुवा–१ जोगिदहका किसान देबलाल चौधरीका अनुसार गएराति ८ बजेदेखि ११ बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण आफ्नो बगँैचाको लिची र आँपका साना फल झरेको छ । “अचानक आएको हावाहुरीका कारण आँप र लिचीका फलमा झण्डै १० प्रतिशत जति क्षति भएको छ”, उहाँले भन्नुभयो ।

बेलका नगरपालिकाको भागलपुर र आम्बासी क्षेत्रमा समेत हावाहुरीको कारण फलफुलमा सामान्य क्षति भएको आम्बासीका किसान नरेन्द्र खड्काले बताउनुभयो ।