१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते
अ अ+ अ-

एजेन्सी । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको छ । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । गत वर्षको समान अवधिमा डकैती विरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने एक सय १० जना घाइते भएका थिए । सन् २०२३ को समान परिस्थितिमा एक सय आठ जनाको मृत्यु र चार सय ६९ जना घाइते भएको तथ्याङ्क छ ।

कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग चार सय २५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र चार सय ३९ घाइते भएका छन् । नागरिक–प्रहरी सम्पर्क समिति (सिपिएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार छ सय २७ अपराध दर्ता भएका थिए । यसमा ५९ को मृत्यु र लुटपाटको प्रतिरोधमा सात सय जनालाई चोट लागेको थियो ।

यसका अतिरिक्त यस अवधिमा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ । एआरवाई न्युजका अनुसार सिपिएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबरजस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताउनुभयो । उहाँले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी दिनुभयो ।