• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

अज्ञात समूहले काटेका बुद्धचित्तको रुख ३ करोड रुपैयाँ ठेक्कामा थियो



काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले बिहिबार राति बुद्धचित्तको रुख काटेका छन् । रुख धनी शेरबहादुर तामाङको घर छेउमा रहेको फुल्दै गरेका रुख राति दुई बजे अज्ञात समूहले काटेका हुन् ।

बोधिचित्तको उक्त रुख वार्षिक तीन करोड रुपैयाँ लेन–देन सम्झौतामा विक्री भइसकेको तामाङले बताएका छन् । उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेका थिए । ‘तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएको थियो । फल्नुअघि नै आएर रुख काटिदिए ।’, उनले भने ।

फूल फूल्ने बेलामा किन र कसले रुख काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ बताए । सूचना पाएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेको उनले बताए । प्रहरी टोली त्यहा पुग्दा आँगनमा ४ वटा सकेट बम भेटिएको थियो ।

अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको स्रोतले बतायो ।