२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई इन्डियन्सको ड्रेसिङ रुममा कस्तो व्यवहार गर्छन् हार्दिक पाण्ड्या?



अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सले रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनायो । कप्तान फेरेपछि मुम्बई इन्डियन्सको व्यवस्थापनमा धेरै प्रश्नहरु उठाएका छन् । यस बाहेक हार्दिक पाण्ड्यालाई फ्यानहरुको क्रोधको सिकार पनि बन्नुपर्यो । तर, हार्दिकले ड्रेसिङ रुममा खेलाडीसँग कस्तो व्यवहार गर्छन् ? यसबारे मुम्बई इन्डियन्सका खेलाडी टिम डेभिडले बयान दिएका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेलअघि टिम डेभिडले हार्दिक पाण्ड्याले टोलीका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्। उनले भने, ‘जब हामी दिल्ली क्यापिटल्ससँग संघर्ष गरिरहेका थियौं, हार्दिक पाण्ड्याले इनिङ्सको जिम्मा लिए, जसको फाइदा रोमारियो शेफर्डले उठाए।’ मुम्बईको जितमा रोमारियोले अन्तिम १० बलमा ३९ रन बनाएका थिए ।

हार्दिक पाण्ड्याले सम्पूर्ण टोलीलाई ‘ग्लू’ जस्तै राखेका टिम डेभिडले बताए । उनले भने, ‘हार्दिक पाण्ड्याले सम्पूर्ण टोलीलाई ‘ग्लू’ जस्तै राखेका छन् । त्यसैले हामीले अन्तिम ओभरमा फाइदा लिन सफल भयौं।’ हार्दिक पाण्डेयले टोलीका खेलाडीलाई साथमा लिएर काम गरिरहेको र कप्तानको हैसियतमा सम्पूर्ण टिमलाई एकजुट बनाएका उनले बताए ।

मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स विरुद्ध सिजनको पहिलो जित हात पारेको थियो। मुम्बई इन्डियन्सको जितमा टिम डेभिडले २१ बलमा नटआउट ४५ रन बनाएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २३४ रन बनाएको थियो ।

मुम्बई इन्डियन्सले चार खेलमा तीन खेल हारेको छ भने एउटा जितेको छ । मुम्बई अंकतालिकाको आठौँ स्थानमा छ । मुम्बईले आज बेलुका ७:४५ बजे वानखेडे स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्दैछ ।




भर्खरै