१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक ‘कू’ प्रयासका बीच बर्माबाट पत्रकार भट्टराइको अनुभव



अ+ अ-

म्यानमार ।  बर्मामा सेनाले जन निर्वाचित राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री र सांसदलाई नियन्त्रणमा लिएपछि सबै संचार सम्पर्क विच्छेद भएको छ। सेनाले राति २ बजेदेखि नेताहरूलाई नियन्त्रणमा लिन थालेको अहिले पनि जारी छ। नेपालमा राजाको माघ १९ को कदम भोगेको थिएँ अहिले यहाँको अवस्था ठ्याक्कै त्यस्तै छ।

राष्ट्रपति वीन मिन्ट र आङ सान सू चीसहित सबै प्रजातान्त्रिक नेतालाई नियन्त्रणमा लिएको बर्मेली सेनाले कुनै प्रतिक्रिया दिएको छैन। बर्मेली विश्लेषकहरू सेनाले यस कदमलाई कु नभनी संकटकाल मात्र भन्छ भनेका छन्। प्रजातान्त्रिक नेता र अधिकारवादीहरू भने सेनाको कदमलाई कु भनेका छन्।

सेनाले आङ सान सूची, राष्ट्रपतिसहित प्रजातान्त्रिक नेताहरू र नेतृत्वलाई नियन्त्रणमा लिएपछि रंगुनमा हाम्रो फोन सम्पर्क सबै काटिएको छ। इन्टरनेट सम्पर्क राजधानी सहित ठूला शहर धेरैकोमा बन्द छ। मेरो अहिलेसम्म चलेको छ।

चुनावमा अनियमितता भएको आरोप लगाउँदै आएको सेनाले तीन दिन भित्रै कु गर्छ भन्ने हल्ला बर्मामा अति चलेपछि यहाँका कुटनीतिक नियोगहरूले निर्वाचनलाई मान्यता दिदैं संयुक्त वक्तव्य निकालेका छन्। चुनावमा सूची समर्थित दलले अत्याधिक बहुमत ल्याएको भए पनि सेनाले स्वीकारेको छैन।

बर्मामा कार्यरत पत्रकार भट्टराई संगको कुराकानीमा आधारित