• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

२०८०/८१ मा नेपाली अर्थतन्त्र क्रमश: सुधार हुने एडिबीको प्रक्षेपण



काठमाडौँ: एसियाली विकास बैंक (एडिबी)को प्रतिष्ठीत प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०।८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन गत आर्थिक वर्ष २०७९।८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो ।

‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको छ । यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक वर्ष २०७९।८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भन्नुभयो ।

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिनेछ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि  आर्थिक वर्ष २०७९।८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्नेछ ।

एसियन डेभलपमेन्ट आउटलुक २०८०।८१ का अनुसार, पेट्रोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फिति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९।८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०।८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ ।

बाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा रहेको छ । आर्थिक वर्ष २०८०।८१ को पहिलो ६ महिनामा बचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०।८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता बचत १.२ विलियन अमेरिकी डलर पुगेको रहेको छ । यद्यपि, यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले, आर्थिक वर्ष २०८०।८१ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।

‘विश्व अर्थतन्त्रमा देखापर्नसक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष २०८०।८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भन्नुभयो ।

गहिरिदोँ भूराजनीतिक हलचलले आपूर्ति श्रृंखला हुनसक्ने अवरोधले विश्वव्यापी मुद्रास्फिति र वित्तीय अवस्थामा कडाइँ सिर्जना गर्नसक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्छ ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया–प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको छ । सन् १९६६ मा स्थापित यस बैंकमा एसिया–प्रशान्त क्षेत्रका  ४९ सहित ६८ सदस्यहरूको स्वामित्व रहेको छ ।

1Nepal Chapter