२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.19

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

भूतनाथको सुटिङ​मा आफ्नै घरबाट कपडा ल्याउँथे शाहरुख खान



अ+ अ-

एजेन्सी । फिल्म हिट बनाउन अभिनेताको भन्दा निर्देशकको भूमिका धेरै हुन्छ । निर्देशकलाई पर्दा पछाडिको नायक भनिन्छ । राम्रो निर्देशकले नराम्रो फिल्मलाई पनि राम्रो तरिकाले देखाउन सक्छ, जबकि निर्देशकको एक सामान्य गल्तिले राम्रो फिल्मलाई पनि बिगार्न सक्छ।

सन् २००८ को हिट फिल्म ‘भूतनाथ’का निर्देशक विवेक शर्माले उक्त फिल्ममा शाहरुख खानको कपडामा ४० हजार मात्रै खर्च भएको बताएका छन् । दैनिक भास्करसँगको कुराकानिमा उनले फिल्मको दौरान शाहरुखले घरबाटै कपडा लगाएर आएका बताएका छन् ।

विवेकले आजकल कस्ट्युम डिजाइनरले धेरै पैसा लिने गरेको बताए । कलाकारको पहिरन छनोटमा निर्देशकको कति ठूलो भूमिका हुन्छ ? भन्ने प्रश्नको जवाफमा विवेकले भने, ‘पोशाक छनोट गर्ने काम निर्देशकको हो । भूतनाथको समयमा, मैले अमित जीलाई तीनवटा कपडामा सबै दृश्यहरू खिचाएको थिएँ। यसबाहेक शाहरुख खान आफ्नो घरबाट कपडा ल्याउँथे । उसको नौसेनाको पोसाक मात्र मैले बनाएको हो । भूतनाथमा शाहरुखको पहिरनमा मात्र ४० हजार रुपैयाँ खर्च भयो भन्ने कुरामा तपाईलाई विश्वास लाग्दैन ।’