१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेता आचार्यको निधन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार निधन भएको उहाँका कान्छा भाइ युवराज आचार्यले जानकारी दिनुभयो । 

उहाँको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको  झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।

यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो ।