१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा सेनाले गर्यो ‘कु’, एक वर्षका लागि संकटकाल घोषणा



अ+ अ-

काठमाडौँ । म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गएराति सेनाका अधिकारीहरुले अकस्मात नियन्त्रणमा लिएका थिए । उनलाई गिरफ्तार गर्दै  सेनाले सत्ता नियन्त्रणमा लिएको हो । उनी र पार्टीका अरु केही वरिष्ठ नेताहरुलाई पनि म्यानमारको सेनाले मध्यरातमा पक्राउ गरेको हो ।

(म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ तस्बिर : रोयटर्स)

नेताहरुलाई पक्राउ गरेको केही घण्टापति सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ । बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।  

(म्यानमारको सरकारी टेलिभिजन कार्यालयमा गरिएको सेनाको तैनाथी तस्बिर : रोयटर्स)

सुकीको पार्टीका प्रबक्ता मायो न्युन्टलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार सुकीसहितका नेताहरुलाई त्यहांको सेनाले पक्राउ गरेको हो । उनीसंगै त्यहांको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेशीका अन्य नेताहरु पनि पक्राउ परेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ । पक्राउ गरिएका नेताहरुलाई सेनाले कहां र कसरी राखेको छ भन्ने कुरा कतै उल्लेख गरिएको छैन । आज सोमबार बोलाइएको म्यानमारको संसद बैठक पनि रोक्न सेनाले भनेको छ । संसद बैठक चलिरहेका बेला नेत्री सुकीलाई यता सैनिकले हिरासतमा लिएको छ । 

म्यानमारमा केही महिना यतादेखि सेना र सरकारबीच खचपच शुरु भएको थियो । यसैबीचमा उनलाई सैनिक हिरासतमा लिइएपछि त्यहाँ सत्ता परिवर्तन हुन सक्ने आशंका गरिएको छ । उनी पहिले पनि तीन दशक लामो समयदेखि सैनिक हिरासतमा बस्नुभएको थियो । करिब पाँच वर्ष अघि म्यानमारमा सम्पन्न संसदीय निर्वाचनमा उनको दलले दुई तिहाइ बहुमत ल्याएपछि उनी सत्तामा थिईन । उनी म्यानमारको राष्ट्रिय सल्लाहकार र विदेश मन्त्री पनि हुन्।   

म्यानमारका राष्टपतिमाथि पनि यहाँको सेनाले निगरानी बढाएको बताइएको छ । यहाँका महत्वपूर्ण नेताहरुको निवासमा सैनिक निगरानी बढेको तथा राजधानी यांगुनमा ठूलो संख्यामा सैनिक उपस्थिति देखिएको बताइएको छ ।