२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना



अ+ अ-

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद–दुल–फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व, इदको अवसरमा शुभकामना सन्देश दिनुहुदै पूर्वराष्ट्रपति भण्डारीले इद पर्वले सबै नेपालीबीच आपसी एकताको भावना सुदृढ गर्दै सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्नेतर्फ अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

“इदको सन्दर्भमा, मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ । यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले जोगाउनु पर्दछ”, पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।रासस