६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महिनामा आइएमई जनरलको नाफा १२५ प्रतिशतले बृद्धि



अ+ अ-

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नाफा १२५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुदनाफा भएको हो । 

यसैअवधिमा अघिल्लो वर्ष कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा छ । 

त्यसैगरी दोस्रो त्रैमाशसम्म आइपुग्दा आइएमईको खुद बिमा शुल्क आम्दानी पनि बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्ष बिमा कोषमा २८ करोड ४३ लाख थियो । बिमा कोषको आकार ५३.१० प्रतिशतले बढेर ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ छ । साथै जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ ।