२८ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन योगेश भट्टराईको प्रश्न : ‘नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त भएकाे छैन्?’ स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको सुलभ मूल्य बिक्री कक्ष सञ्चालन महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र झापाको कनकाईका थप १३ परिवारले पाए जग्गाधनी पुर्जा यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न: संक्रमणकालिन न्याय सम्बन्धि विधेयक कहाँ छ ?



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आफैले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गर्नुभयो । अध्यक्ष साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालिन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताउनु भयो । उहाँले विषय विज्ञहरुलाई सांसदको स्वकिय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष साहले भन्नुभयो, ‘अहिले संसदको विधेयक अधिवेशन करिवकरिव अन्तिम चरणमा छ । केही दिन पछि यो विधेयक अधिवेशनको अन्त्य हुन्छ । र हामी जनतामा जान्छौं । आफ्नो निर्वाचन क्षेत्रमा जान्छौ । हामी भन्न चाहन्छौ कि जनताको माझमा हामीले के भन्ने ? संसदको यो अवधिमा हामीले के गर्‍यौं ? के काम गर्‍यो भनेर सुनाउने सभामुख ज्यु । सोध्न चाहन्छु म । झन्डै निर्वाचन यता झन्डै एक वर्ष भईसक्यो । ३ वटा अधिवेशन भयो । तर अहिलेसम्म हामीले चार वटा विधेयकमात्रै पास गरेका छौं । त्यो पनि केही दफा संशोधनको निम्ति आएको विधेयक पारित गर्‍यौ । त्यो पनि राष्ट्रिय सभाबाट विगतकै अवधिमा उत्पति भएका विधेयकहरु पारित गर्‍यौं ।’

‘यही सुनाउन जाने जनतामा ? एक वर्षको ३ अधिवेशनमा चार वटा विधेयक पारित गर्‍यौँ भनेर सुनाउन जाने ? जम्मा सरकारले १९ वटा विधेयक ल्याएको देखियो । हामी सांसदहरुले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावको पनि महत्व पाएन । विशेष प्रश्तावले पनि महत्व पाएन । विधेयकको कुरै छोडिदिउँ सभामुख ज्यु । र सरकारले भनेको उच्च प्राथमिकताका विधेयकहरु कहाँ छन् ? हामी जान्न चाहन्छौं । प्रधानमन्त्री बनिराख्दा सम्माननीय प्रधानमन्त्रीजीले त्यतिखेर भन्नुभएको थियो–संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक जस्ता महत्वपूर्ण विधेयक उच्च प्राथमिकता छन् । र छिट्टै पारित हुन्छ भन्नु हुन्थ्यो । ती विधेयकहरु कहाँ छन ? भन्न चाहन्छौं । जनतालाई हामीले के भन्ने । के हामीले यो संसदलाई साँच्चनै प्रभावकारी बनाईराखेका छौं ? सांसदलाई हामीले स्वकीय सचिव दिइराखेका छौँ । ’

अध्यक्ष साहले सांसदहरुले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रश्ताव र विशेष प्रश्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गर्नुभयो ।