२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको माग अनुसारको छानविन समिति बनाऔँ: राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको गतिरोध अन्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेकपा(एकीकृत समाजवादी) पनि २०४७ सालदेखिकै भ्रष्टाचारहरुको छानविन गर्ने पक्षमा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीका ठगि प्रकरणका सम्बन्धमा छानविनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको छ । प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको यो गतिरोध अन्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु । सहकारी ठगिको छानविन र भ्रष्टाचारको छानविन गर्ने कुरा जोडदार उठिरहेको बेला ०४७ सालदेखिकै भ्रष्टाचारको छानविन गर्ने कुरो पनि आयो । नेकपा(एकीकृत समाजवादी) पार्टीको तर्फबाट म के भन्न चाहान्छु भने ठिक छ, ०४७ सालदेखिकै भ्रष्टाचार छानविनको काम गरौँ । दोषिहरुलाई कारबाही गर्ने गरी छानविन गरौँ । उम्काउने गरी होइन ।’

सांसद पाण्डेले दोषिलाई उम्काउनेगरी नभई कारबाही गर्नेगरी छानविन गर्नुपर्ने बताउनु भयो ।