१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प

काँग्रेसले सहकारीको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइन: एमाले सांसद थापा

काँग्रेसले सहकारीको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइन: एमाले सांसद थापा
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई खेद्नु उचित नभएको बताउनुभएको छ ।

सांसद थापाले सहकारीको विषयमा राष्ट्रिय बहसको विषय हुनुपर्नेमा व्यक्ति केन्द्रित गरेर काँग्रेसले सत्तापक्षबाट प्रतिपक्षमा जाँदामा छटपटी अभिव्यक्त गरेको जिकिर पनि गर्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सहकारी सम्बन्धि उपप्रधानमन्त्री लामिछानको मुद्दाको विषयमा अदालतमा विचाराधिन रहेकाले त्यसमा संसदमा छलफलको कुनै अर्थ नभएको पनि स्पष्ट पार्नुभयो । सांसद थापाले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने खालको विषय नभएकोतर्फ पनि काँग्रेसको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, प्रतिनिधि सभाको यो बैठकमा हामी जनताको प्रतिनिधि भएर आएपछि निर्धक्क छलफल पक्ष, विपक्षमा आफ्ना मतहरु राख्न पाउँछौँ, सक्छौँ । त्यो स्वतन्त्रतासहित उपस्थित छौ । यो सार्वभौमिकताको अभ्यास गर्ने थलो हो भनेर उपस्थित छौं । सत्तापक्षमा भएको कारणले बोल्न पाइँदैन भन्ने स्थिति पनि हामीले भोग्नुपर्‍यो । हामीले प्रतिपक्षमा रहँदा सुनकाण्डको छानविन गरौं भन्दा सत्तापक्षले यसमा पनि छानविन हुन्छ भनेर ओठे जवाफ दिनुभएको थियो । यो ओठे जवाफ दिने ठाउँ संसद होइन भनेर हामीले भन्यौ । र सुनकाण्ड सम्बन्धि आयोग बन्यो । र त्यसले सुनकाण्डको तस्करीको मुहान त्यसले खुला गरेको छ । त्यसले उजागर गरेको छ, सार्वजनिक गरेको छ । देशका लागि एजेण्डा उठाउँदा सत्तापक्षमा भएपनि, प्रतिपक्षमा भएपनि तथ्यमा आधारित भएर उठाइएको छ भने त्यसले परिणाम दिन्छ भन्ने कुरा हिजो हामीले प्रतिपक्षमा भएर गरेको कामले पुष्टि गरेको छ ।

सहकारीको विषय आज राष्ट्रकै बहसको विषय भएको छ । हामी यसमा सम्यक बहस चाहन्छौ । यसमा बहस होस भन्ने चाहन्छांै । तर व्यक्ति केन्द्रित गरेर अदालतमा विचाराधिन विषयमा कास्की जिल्ला अदालतमा विचाराधिन विषय हो यो । सूर्य दर्शन सहकारीसँग सम्बन्धित विषय । सत्तापक्षका, प्रतिपक्षका यो सार्वभौम संसदका सबै माननीय सदस्यहरुलाई अदालतमा विचाराधिन विषय यहाँ बहसको विषय हुन्न भन्ने कुरा संविधान बमोजिम थाहा छ । तर हामीले यो विषय थाहा पाईकन पनि उठाईरहेका छौं । किन उठाइरहेका छौ भने हामी सहकारीको विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्न होइन । सहकारीको विषयमा हामीले प्रतिपक्षमा हुँदा पनि कुरा उठाएको थियौं, आज पनि कुरा उठाउँछौ । र म भन्न चाहन्छु–सहकारी प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने त्यो समस्या होइन मित्रहरु । म यो कुरा राख्न चाहन्छु । सहकारीको विषय, वचत कर्ताको वचत अपचलनको विषय ठगीको विषय हो र एक जना पनि सहकारीको वचतकर्ता ठगिनु हुन्न । र, उनीहरु नठगिने स्थिति सुनिश्चितता सरकारलाई यो संसदले निर्देशन गरेर हुन्छ कि, कानून बनाएर हुन्छ कि, के गरेर हुन्छ ? हामीले गर्नु पर्छ । यो ल्याकत र हैसियत यो संसदले राख्न सक्नु पर्छ ।

हामीले त्यसो गर्न सकेनौ भने सहकारीको मामिलामा हामीले गरेको अरन्यरोदन हामीले सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोशिस अन्तरगत उठाइएको अरन्यरोदन हुनेछ भनेर मैले यसले देशलाई केही दिने छैन । प्रतिपक्षबाट आएको छ । हामीले सुन्यौं–प्रतिपक्षको कुरा नसुन्ने भन्ने हुन सक्दैन । तर प्रतिपक्षले प्रधानमन्त्रीले गठबन्धनको नेता भएर बोल्नु भयो भनेर भन्नु भयो । प्रधानमन्त्रीले प्रतिपक्षको नेता भएर बोल्नुपर्ने हो ? प्रधानमन्त्रीले सत्तापक्षको बहुमत लिएर यो मुलुकको नेतृत्व गर्छु भन्नु भएको हो । त्यसकारण उहाँले गठबन्धनको नेताको हैसियतले नै बोलेको कुराको सन्दर्भमा प्रधानमन्त्रीले बोल्नु भएको कुराको सन्दर्भमा गठबन्धनको नेता भएर बोल्नुभयो भन्ने सन्दर्भमा यो कुरा मिलेन क्या । मिल्ने कुरा गर्नु पर्‍यो । प्रतिपक्षका नेतालाई प्रतिपक्षको आवाजसहित बोल्न आग्रह गर्दछौं । कुरा सुन्ने प्रतिपक्षका पनि, सत्तापक्षका पनि सबैका कुरा सुन्ने र एउटा निष्कर्षमा यो देशलाई पुर्‍याउने काम हामीले गरौं । म त भन्छु–सहकारीको सन्दर्भमा चाहे ओरिएन्टलको सन्दर्भमा होस्, चाहे अरु विभिन्न सहकारीको सन्दर्भमा सिभिल सहकारी नै होस । सूर्य दर्शन होस । कुन सहकारीका हुन ? सबैका विषयमा जति पनि कुरा उठेका छन ।

अहिले अहिले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर बचतकर्ताको बचतलाई सुरक्षित गर्ने, उनीहरुले फिर्ता पाउने, उनीहरुको बचत फिर्ता पाउने प्रत्याभूति गर्ने, सहकारीमार्फत भएको लगानी सुरक्षित गर्ने र त्यहाँ भएका अपचलन, त्यहाँ भएका बदमासीहरुलाई कारबाही गर्ने विषय नै मुख्य विषय हो । र, यो विषय व्यक्ति केन्द्रित विषय होइन । यो विषय केन्द्रित विषय हो । यो विषय केन्द्रित विषयमा हामीले समाधान खोज्नुपर्छ । समस्याग्रस्त सहकारी घोषणा गर्ने र बचतकर्ताहरुलाई बिल्लीबाठ पार्ने जति पनि कोशिसहरु भएका छन । यी समाधान दिने कामहरु होइनन । यो सहकारीको सन्दर्भमा यो रवि लामिछानेजी वा कोही मन्त्री केन्द्रित, सत्तापक्षबाट प्रतिपक्षमा गएकोकारण उठाउने विषयमा होइन । सहकारीको सन्दर्भमा राष्ट्रिय बहस सृजना गरांै । समाधान गरांै । कुनै पनि विषयमा समाधान छन भने अध्ययन गरौं । अगाडि बढाऔं । यो सत्ता र प्रतिपक्षको सौदावाजीको दाउपेचको विषय नबनाउ भन्ने कुरा राख्न चाहन्छु । यसमा व्यक्ति केन्द्रित प्रहारको कुनै अर्थ छैन । कोही पनि व्यक्तिले यस खालको प्रहार खेप्नु उचित होइन । म यो कुरा राख्न चाहन्छु ।’

सांसद थापाले सहकारीलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी निक्षेपकर्ताको रकम सुरक्षित गर्ने दायित्व सरकार र सिंगो संसदका रहेको बताउनु भयो ।