१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प

सहकारीको विषय सत्ताको दाउपेचको विषय बनाउनु हुँदैन: सांसद सापकोटा

सहकारीको विषय सत्ताको दाउपेचको विषय बनाउनु हुँदैन: सांसद सापकोटा
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सहकारीको विषयलाई सत्ता दाउपेचको विषय बनाउनु नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा कोही अस्पष्ट नभएको भन्दै यसलाई सत्ताको दाउपेचको विषय बनाउनु नहुने बताउनुभएको हो ।

उहाँले कोही व्यक्ति विशेषलाई खुइल्याउने र तत्काल रियाक्ट गर्ने विषयमा संसदलाई लानु नहुने बताउनु भयो । उहाँले संसदलाई बन्धक नबनाई अगाडी बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । सांसद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा प्रधानमन्त्रीले फैसला सुनाएको आरोप लगाएको भन्दै प्रधानमन्त्रीले राज्यका संयन्त्रले दिएका तथ्य र प्रमाणको आधारमा कुरा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चक्काजाम जस्तो आन्दोलनका स्वरुपलाई बदलेर रचनात्मक, सिर्जनात्मक ढंगबाट आन्दोलनहरु बाहिर सडकमा हामी देख्नसक्छौँ । सडकबाट भएका रचनात्मक शैलीहरुलाई कमसेकम सदनमा विकास गरिनुपर्दछ । सबैका विचार, भावना, दृष्टिकोणहरुलाई बहश गर्ने वातावरण सिर्जना गरिनुपर्दछ । असहिष्णु नबसिकन धैयर्तापूर्वक, धिरतापूर्वक यो संसदलाई बहशको थलोको रुपमा विकास गर्नका लागि म अपील गर्न चाहान्छु । तथ्य, तथ्यांकहरु प्रधानमन्त्री आफैँले काल्पनिक ढंगले विषयहरु खडा गर्ने त होइन ।’

‘प्रधानमन्त्रीले आफ्ना राज्यका संयन्त्रहरुले दिएका सबै तथ्य, प्रमाणहरुलाई संसदमा आएर प्रस्तुत गर्नुभएको हो । त्यसमा तपाईहरुले भनिरहनु भएको छ कि प्रधानमन्त्रीले फैसला गर्नुभयो । प्रधानमन्त्रीले फैसला गर्नुभएको होइन । राज्यका संयन्त्रहरुले दिएका तथ्य, प्रमाणहरुका आधारमा संसदमा प्रस्तुत गर्नुभएको हो । म प्रमुख प्रतिपक्ष र सबैलाई के अपील गर्न चाहान्छु भने अमुक रुपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने, तत्काल कुनै रियाक्टको विषय बनाउने भन्दापनि संसदलाई बन्धक नबनाएर अगाडी लानुपर्छ । सहकारीका पीडितले न्याय पाउनुपर्छ त्यसकुरामा हामी कोही अस्पष्ट छैनौँ । तर सत्ता दाउपेचको बहश र मन्थनको विषय संसदलाई बनाइदिनु हुँदैन ।’

सांसद सापकोटाले संसदमा सबैको विचार, भावना र दृष्टिकोणहरुलाई बहश गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।