२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी बढेसँगै आगलागीका घटना पनि बढ्दै



अ+ अ-

बलेवा । गर्मी बढेसँगै जिल्लाभरि आगलागीका घटना पनि बढ्दै गएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा रहेका सामुदायिक र सरकारी वनमा आगलागीका घटना बढिरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ ५:३० बजेको थियो । डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी बागलुङ नगरपालिका–३ र ९ को बीचमा पर्ने काठेखोला आसपासका वन क्षेत्रमा भइरहेको आगलागी नियन्त्रण गरिरहेको अवस्थामा भेटिनुभयो । प्रहरी र स्थानीय सर्वसाधारणसँगै वनका कर्मचारी आगो नियन्त्रणको प्रयास गरिरहेका थिए ।

काठेखोलाको किनारबाट सुरु भएको आगोले बागलुङ नगरपालिकाका दुवै वडाका बस्तीहरु ताकिरहेको देखिन्थ्यो । बस्ती जोगाउन सर्वसाधारण र सरोकारवालालाई हम्मेहम्मे परिरहेको थियो । मङ्गलबार एकै दिन जिल्लाका दर्जन बढी वनजङ्गल क्षेत्रमा आगलागी भएको थियो । केही ठाउँमा आगो नियन्त्रणमा आएको छभने केही जङ्गल क्षेत्रमा अझै आगो फैलिएको छ ।

बागलुङ–१० भकुण्डे, ताराखोला गाउँपालिका–१ र २, गलकोट नगरपालिका–९ का वनक्षेत्र र बागलुङ–१४ को कैयामुनिको भिर क्षेत्रलगायत वन तथा पाखाहरुमा आगलागी भएको डिभिजन वन अधिकृत पन्थीले जानकारी दिनुभयो । गर्मी सुरु भएसँगै जङ्गल क्षेत्रमा आगलागी सुरु भएको उहाँको भनाइ छ ।

आगलागीका कारण बस्तीहरु समेत जोखिममा परेका भन्दै बागलुङमा रहेका पाँच सय ४० सामुदायिक वनमध्ये अधिकांश वन क्षेत्रमा आगलागी भइसकेको पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मी याम सुरु भएलगत्तै बागलुङमा आगलागीका घटना बढिरहेका छन् ।

बढ्दो आगलागीका कारण बागलुङको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण बढिरहेको छ । प्राय : दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा समेत आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरबाही बढी देखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सोमबार मात्रै ताराखोला–२ सिलेस्थित नुनथला सामुदायिक वनमा आगलागी हुँदा स्थानीयका गोठ जलेका छन् । सिलेको गुरासेटोल बस्ने फुलकुमार दर्जीको दुईतले कच्ची घर र एतले कच्ची गोठ जलेको छ । सोही ठाउँकी ईश्वरा दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको प्रहरीले जनाएको छ । ईश्वराको गोठमा रहेका एक बाख्रा र भैँसी मरेका छन् ।

साथै नरबहादुर दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको छ । अमृतालाल दर्जीको एकतले कच्ची गोठ जली पूर्ण रुपमा नष्ट भएका छन्भने यामबहादुर दर्जीको एकतले कच्ची गोठ जलेको प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बढ्दै गएको आगलागीका कारण जङ्गल क्षेत्रका रहेका जडीबुटी पनि मासिँदै गएका छन् । रासस