१ असार २०८३, सोमबार
,
Latest
गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजनीतिक दलहरुको आफ्नो मुद्दा निर्वाचन आयोगको टाउकोमा हाल्नु हुदैन’



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । 

निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताउनुभयो । राजनीतिक निकाश हुनसाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उहाँको भनाई छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो ।  मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उहाँले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्नसक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उहाँको भनाई छ । राजनीतिक दलहरुले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताउनुभयो । उहाँले प्रमुख निर्वाचन आयुक्तहरुसँगको आयोगको छलफल नियमित भेटघाटको रुपमा रहेको स्पष्ट पार्नुभयो । सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभयो । मतदाता नामावली अद्यावद्यिकको काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उहाँको भनाई छ । 

कतिपय निर्वाचन सामाग्री मौज्दात रहेको र कतिपय खरिद गर्नुपर्ने उहाँले बताउनुभयो । सहायक प्रवक्ता धमलाले घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रुपमा तयार रहेको पनि बताउनुभयो ।  




भर्खरै