३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १५९ जनामा संक्रमण पुष्टि, थप मृतकको संख्या सुन्य



अ+ अ-

काठमाडौं । सोमबार १५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १४५ जनाको पिसिआर परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषसहित १५९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २६४ रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाले कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।