• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस् ★   संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह ★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती ★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला

चुनावअघि कंगना रनावतले किनिन् महँगो कार



एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत लोकसभा चुनावमा टिकट पाएपछि अहिले चर्चामा छिन् । यसैबीच कंगनाले एउटा नयाँ मर्सिडिज किनिन्, जसको शोरुम मूल्य २ करोड ९६ लाख भारु छ । हालै कंगना आफ्नो नयाँ कारमा देखिएकी छिन् ।

कंगना रनावत हालै मुम्बईको एक सैलुन बाहिर देखिएकी थिइन् । सैलुनबाट बाहिरिएपछि कंगना नयाँ मर्सिडिजमा देखिएकी थिइन् । उनले हालै मर्सिडीज मेब्याक जीएलएस ६०० ४ म्याटिक किनेकी हुन् ।

२५० किमी प्रतिघण्टाको यो कारमा ३९८२–सीसी इन्जिन छ । मर्सिडिजको आधिकारिक वेबसाइटका अनुसार यो लक्जरी कारको शोरुम मूल्य करिब २ करोड ९६ लाख भारु रहेको छ । तर, कर, बीमा र कस्टमाइजेसन गरी यो कारको मूल्य करिब ३ करोड ४० लाख भारु पर्न जान्छ ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार कंगना रनौत धेरै लक्जरी कारकी मालिक हुन् । उनको कार संग्रहमा Mercedes Maybach S680, BMW 7 Series 730LD, Mercedes GLE 350D SUV र Audi Q3 रहेका छन् । कंगना रनावतलाई भारतीय जनता पार्टीले मण्डी सिटबाट लोकसभाको टिकट दिएको छ । कंगना आजकल पार्टीको र्‍याली र चुनावी प्रचारमा व्यस्त छिन् ।

राजनीतिमा प्रवेश गरेपछि कंगनाको फिल्म ‘इमर्जेन्सी’ जुन १४ मा रिलिज हुँदैछ । यो फिल्म पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र इमर्जेन्सीमा आधारित छ । फिल्ममा मुख्य भूमिकासँगै कंगनाले फिल्म निर्माण तथा निर्देशन पनि गरेकी छिन् । कंगना रनावतको यसअघिको फिल्म तेजस रिलिज भएको थियो, जसले बक्स अफिसमा खासै कमाई गर्न सकेन ।