• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

आईपीएलमा आज हैदरावाद र पञ्जाब भिड्दै, दुबै टोली तेस्रो जितको खोजिमा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स (पीबीकेएस) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच खेल हुँदैछ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ ।

पञ्जाबले आइपिएलमा हैदरावादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औं सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका छन् भने दुवैले २–२ खेलमा हार बेहोरेका छन् । दुबै टोलीको ४/४ अंक छ, हैदरावाद अंक तालिकामा पाँचौं र पञ्जाब छैटौं स्थानमा छ।

हेड टु हेड

आईपीएलमा यी दुई टोलीबीच हालसम्म २१ खेल खेलिएका छन् । जसमध्ये पञ्जाबले १४ खेल जितेको छ भने हैदरावादले ७ जितेको छ । यसको मतलब हैदरावादविरुद्धको ६६ प्रतिशत खेलमा पीबीकेएस विजयी भएको छ ।

क्लासेन एसआरएचका टप रन स्कोरर

एसआरएचका ब्याट्सम्यानले यो वर्ष राम्रो प्रदर्शन गर्दै आएका छन् । अभिषेक शर्मा, ट्राभिस हेड, हेनरिक क्लासेन र एडेन मार्कराम जस्ता खेलाडीले लगातार उत्कृष्ट प्रदर्शनी गर्दै आएका छन् ।

टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाएका छन् । उनले ४ खेलमा २ अर्धशतक बनाएका छन् । बलिङमा टी नटराजनले सर्वाधिक ४ विकेट लिएका छन् ।

पञ्जाबमा धवनको सर्वाधिक रन

पञ्जाबसँग शिखर धवन, जोनी बेयरस्टो, लियाम लिभिङ्स्टन जस्ता आक्रामक ब्याट्सम्यान छन् । तर कप्तान धवन बाहेक अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले लगातार राम्रो प्रदर्शन गर्न सकेका छैनन् । बलिङ पञ्जाबका लागि कागिसो रबाडाले सर्वाधिक ६ विकेट लिएका छन् ।

पिच रिपोर्ट

आज आईपीएलको दोस्रो खेल मोहालीको नयाँ मैदानमा हुँदैछ । यसअघि यहाँ पीबीकेएसले दिल्ली क्यापिटल्सको सामना गरेको थियो । । यहाँको पिच स्लो हुने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्न पनि सक्छ ।

मौसम रिपोर्ट

आज यहाँको मौसम सफा रहनेछ । तापक्रम ३२ देखि ३३ डिग्रीको बीचमा रहनेछ। पानी पर्ने सम्भावना छैन ।

पञ्जाब किंग्सको सम्भावित प्लेईङ​ ११:

शिखर धवन (कप्तान), जोनी बेयरस्टो, प्रभसिमरन सिंह, साम कुरान, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल र अर्शदीप सिंह।

ईम्प्याक्ट खेलाडी: राहुल चाहर, लियाम लिभिङ्स्टन र सिकन्दर रजा।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, शाहबाज अहमद, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, नितिश कुमार रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

ईम्प्याक्ट खेलाडी: जयदेव उनाडकट, मयंक अग्रवाल।