• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य मंगलबार पनि बढेको छ । अघिल्लो दिनको तुलनामा  प्रतितोला १ सय रुपैयाँ बढेर बजारमा सुनले ऐतिहासिक रेकर्ड बनाएको छ ।

सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार तीनदुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार छ सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० कारोबार भएको थियो ।

विगत तीन सातामा मात्र सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबार कै मूल्य प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भईरहेको छ ।