३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालीम



अ+ अ-

गण्डकी । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ ।
    
नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिने आधारभूत चिनियाँ भाषा तालीम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो । तालीममा ४२ पर्यटन व्यवसायी सहभागी छन् ।

तालीमको सोमबार आयोजित शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनः स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै यो तालीम बहुउपयोगी बन्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल पर्यटन गतिविधिलाई चलायमान बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताउनुभयो । रासस