४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० औं सत्याग्रह थाल्ने डा. केसीको चेतावनी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि २० औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । 

मंगलबार विज्ञप्ति जारी गर्दै देशमा संवैधानिक संकट भएको र एक व्यक्तिले सिंगो राज्य कब्जा गर्ने प्रपञ्च चलिरहेको भन्दै त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएका हुन् ।  

डा केसीको मागमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद्‌ विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरिनुपर्ने रहेको छ । 

उनले हाल संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिहरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेको प्रस्ट्याएका छन् ।