• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

गण्डकीमा मुख्यमन्त्री अधिकारीसहित चुमान र मनाङेले पनि लिए मन्त्रीको सपथ



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको गराएका हुन् ।

यस्तै, उनीसँगै माओवादीका हरिबहादुर चुमान र दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए ।