२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ दशमलव ७५ अङ्कले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ दशमलव ५६ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ पुगेको छ ।

होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । आज वित्त समूह पाँच दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक तीन दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।

आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड-१ को तीन दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ७६ प्रतिशतले घटेको छ ।